• बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा बोकेको मर्मस्पर्शी गीत ‘आउँछु फर्केर’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

    काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गीत “आउछु फर्केर” सार्वजनिक भएकाे छ । डिएआर मुभिजले बजारमा ल्याएकाे उक्त गीतमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजेकाे शब्द, लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकि छन् ।
    जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ, सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।

    केहि समय पहिले प्रभावन जेको टिमले सामाजिक सचेतनामुलक गीतहरु कालापानि, काेराेना (covid-19), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।

    यो गीत हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतमले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु