• मार्मीक गीत–‘कठै पिरती’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार

    काठमाडौं । – सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा ‘कठै पिरती’ नामक गीत सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएको ‘कठै पिरती’ गीतले प्रेम कहानी तथा समाजको यर्थाततालाई चित्रण गर्न खोजेको छ । माया प्रेम संग जोडेर बजारमा सार्वजनिक भएको गीतले छोटो समयमा नै नेपाली दर्शक तथा स्रोताको मन जितिरहेको छ ।

    सर्जक तथा सञ्चारकर्मी बासुदेब पोखरेल भन्छन्, माया प्रेमका गित बजारमा दैनिक आएपनि अन्य गितको तुलनामा यो गित केही फरक रहेको छ । बजारमा सार्वजनिक भएको ‘कठै पिरती’ नामक गीतले एक अर्कोलाई माया गर्ने जोडिको सम्बन्ध टुटेपछि प्रेममा दुखी भएको बिषयलाई यस गीतबाट देखाईएको छ । पोखरेल द्वारा शब्द सिर्जना भएको केही गीतले संगीतको क्षेत्रमा दर्शक तथा स्रोताबाट चर्चा बटुलिरहेका छन् ।

    बजारमा आएको उक्त गीतमा सुरेश रमण अधिकारीले लय भरेका छन् भने सुरेश रमण अधिकारी र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतले प्रेम कहानीलाई बिशेष जोड दिएको पाइन्छ । गणेश के सीको निर्देशन रहेको गीतको भिडियोमा सन्दिप , सागर ,अञ्जलीको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोको छायांकन जापनमा भएको थियो गीत गणेश के सी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु