हेमन्त र निताको ‘के छ ज्यानलाई’ मा दिलीप र कविताको उत्कृष्ट नृत्य

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७७, सोमबार

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको सहकार्यमा नयाँ ‘के छ ज्यानलाई’ भर्खर मात्र सार्वजनिक भएको छ ।

हेमन्त कान्छा र निता पुन मगरको आवाज रहेको गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका हुन भने संगीत र संगीत संयोजन हेमन्तकै रहेको छ ।

निकै उत्कृष्ट शब्द संगीत सहित तयार पारिएको सो गीतको म्युजिक भिडियोमा नेपाली चलचित्रका लोकप्रिय नायक दिलीप रायमाझी र कविता नेपालीले अभिनय गरेका छन । कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई करन चैसिरले छायांकन गरेका हुन् ।

मनोज कार्कीले सम्पादन गरेको भिडियोलाई हेमन्त कान्छा रसाइली युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु