• चर्चामा हेमन्त–निशा, बिजय–चाहनाको ‘पिरती’ ! भिडियो ट्रेण्डिङमा

    म्यूजिक खबर
    प्रकाशित: २३ माघ २०७९, सोमबार

    काठमाडौं । गायक तथा चर्चित सारंगी वादक हेमन्त कान्छा रसाइलीको ‘पिरती’ बोलको गीतको भिडियो ट्रेण्डिङमा आएको छ । हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको भिडियो यो समाचार तयार पार्दासम्म ट्रेण्डिङको २० औँ स्थानमा रहेको छ ।

    राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाँकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृंखलाको काखैमा हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगरले नृत्य गरेका छन् । निशा र चाहाना सोशल मिडिया टिकटिकमा चर्चित छन् ।

    भिडियोमा प्रेममा परेपछिको खुशीलाई रोमान्टिकरुपमा प्रस्तुत गरिएको छ । निर्देशक मौसम हिमालीले भिडियोलाई कलात्मक शैलीमा पस्किएका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायाँकन पवन सुसलिङले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु