• सबैलाई रुवाउने गीत ‘दुई दिन हँसायो’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

    काठमाडौं । अर्गानिक सिर्जनाका सारथीका रुपमा क्रियाशील रहँदै आएका लोकप्रिय गायक एवं सारंगीबादक हेमन्त कान्छाले नयाँ गीत ‘दुई दिन हँसायो’ बोलको गीत सार्वजनिक गरेका छन् । केहि समय अघि अत्यन्त चर्चा कमाएको गीत किन होला खै बोलको गीतको सिक्वेलको रुपमा यो गीत ल्याएका हुन् । वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई गायक कान्छाले आफ्नै अफिसियल युट्युब च्यानल “हेमन्त कान्छा रसाइली” बाट सार्वजनिक गरिएको हो । गीतको मिक्सिङ पनि राजकुमार बगरकै रहेको छ भने एरेन्ज गायक हेमन्त स्वयंले गरेका छन् ।

    हेमन्त कान्छा, उषा सुवेदी र शिशिर भण्डारीको जीवन्त अभिनय रहेको गीतमा माया प्रेम पछि बिछोड हुँदाको पीडालाई देखाइएको छ । गीतको सम्पूर्ण पक्ष उत्कृष्ट र दमदार रहेको छ । भिडियोलाई हेमन्त कान्छा स्वयंले निर्देशन गरेका हुन् । अनिल कुमार महर्जनले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीत सार्वजनिक भए लगतै गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु