प्रशंसा बटुल्दै ‘तिमीलाई सन्देश’

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७७, बुधबार

काठमाडौं । कोरोना माहामारीका कारण स्वदेश तथा बिदेशमा अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको पीडालाई समेट्दै रचना गरिएको अत्यन्तै मार्मिक गीत ‘तिमीलाई सन्देश’ सार्वजनिक भएको छ ।
ध्रुव प्रसाद अमगाईंको मर्मश्पर्शी शब्द रहेको गीतमा सुनिल मास्केको सङ्गीत र कुशल सारङ्गीवादक समेत रहेका हेमन्त कान्छा रसाइलीको स्वर रहेको छ ।
गीतमा प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ । हेमन्त कान्छा रसाइली र रेनु पुनको अभिनय रहेको उक्त गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् भने निश्चल पौडेलको छायांकन रहेको छ ।
हेमन्त कान्छा रसाइली युट्युव च्यानल मार्फत गरिएको गीतलाई दर्शक श्रोताले रुचाइदिएका छन् । कमेन्टमा गीतको शब्द, स्वर र संगीतको प्रशंसा गरिएको छ ।

गीतमा यथार्थपरक र अत्यन्तै फरक सामाजिक परिवेशको कथालाई समेटिएको छ । परदेशी छोरा र श्रीमानको वियोगमा मानसिक पीडा भोगिरहेका बाबुआमा र पत्नीको अवस्थालाई दशैं, तिहार र कोरोना माहामारीसँग जोडेर थप कारुणीक ढङ्गमा गीत प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु