मनमाराले मन मा¥यो भन्दै आए हेमन्त शर्मा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७६, शुक्रबार
Banmara-Hemanta Sharma

काठमाडौं । लोकप्रिय गायक हेमन्त शर्मा प्राय गरेर लोक शैलीका गीतलाई नै पछ्याउँदै आएका छन् । त्यही लोकपनकै कारण उनी चर्चामा पनि आइरहेका हुन्छन् । पछिल्लो समय उनले गायिका विष्णु माझीसँगको सहकार्यमा गीत लिएर आएका छन् । गायक हेमन्त शर्मा र गायिका विष्णु माझीको स्वरमा रहेको ‘बनमारा’ गीतले सार्वजनिकसँगै चर्चा पनि बटुल्ने क्रम जारी छ ।

‘बनमाराले बन मा¥यो, मनमाराले म मा¥यो’ जस्तो थेगोमा लोकप्रियक गायक शर्मा र माझीको प्रेमभावपूर्ण प्रस्तुति रहेको गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा मरिष्का पोखरेल र पुष्प खड्कालाई प्रस्तुत गरिएको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेको भिडियो विकास धमलाले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु