लोपोन्मुख कर्खा गीत जोगाउँदै हेमन्त कान्छा रसाइली

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७६, शनिबार

काठमाडौं । विविध जातजाति तथा संस्कृतीले भरिएको देशलाई आफ्ना गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् । पछिल्लो समय गन्धर्व जातिहरुको मौलिक गीत कर्खा लोपोन्मुख अवस्थामा रहेको छ । लोक गीत संगीत क्षेत्रमा फरक पहिचान र मौलिकतामा ध्यान दिंदै आएका गायक तथा सर्जक हेमन्त कान्छा रसाइली यतिबेला लोपोन्मुख अवस्थामा रहेको कर्खा गीत ‘किन होला खै’ लिएर आएका छन् । मौलिक गीतमा स्वर नेपाली गीत संगीतमा कर्णप्रिय स्वर दिँदै आएका रसाईली आफैले दिएका छन् भने गीतको शब्द संगीत राजकुमार बगरको रहेको छ । मिठो भाका अनि उत्कृष्ट शब्द संगीत र स्वर रहेको छ । गीतमा अभियन पनि गाएक आफैले गरेका छन् । गीतले आज भोली युवा युवतीको कच्चा प्रेम सम्बन्धलाई प्रस्तुत गर्न खोजिएको देखिन्छ । रसाईलीले आफ्नै आधिकारिक यूटुउव च्यानल ‘हेमन्त कान्छा रसाईली ’बाट अपलोड गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु