एक घुट्की पानी पिउँननी नपाई ‘मर्छन् नी लाहुरे’ – (रुवाउने गीत)

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७६, मंगलवार

काठमाडौं । मौलिक सिर्जना बाट आफ्नो दरिलो परिचय दिएका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छा रसाइली को नयाँ गीत ‘मर्छन् नी लाहुरे’ सार्बजनिक भएको छ ।

केही दिन पहिले भारतको सीमा रक्षामा लड्दा लड्दै एक नेपालीले ज्यान गुमाएका थिए । तिनै नेपालीको वास्तविकतालाई गीतले कलात्मक रुपमा गीतमा उठाएको छ ।


निकै मार्मिक शब्द र उत्कृष्ट लय सिर्जना समेत रहेको सो गीतमा हेमन्त कान्छको आवाज र दमदार अभिनय समेत रहेको छ ।

गीतलाई सपना रसाइलीले शव्द सिर्जना गरेकी हुन् भने हेमन्त आफैले गीतको लय संयोजन गरेका छन् । रमेश भिके रसाइलीले गीतलाई कलात्मक निर्देशन गरेका छन् भने दुर्गा सापकोटा,खेम घर्ती लगाएतका कलाकार हरुको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु