• Music Khabar Music Awards
  • पोखरामा हेरिटेज अफ फेसन नेपालको आयोजना हुने

    म्यूजिक खवर
    प्रकाशित: १८ असार २०७६, बुधबार

    पोखरामा अगष्ट २ तारिखमा हेरिटेज अफ फेसन नेपालको आयोजना हुने भएको छ । यस्तै, यही कार्यक्रम अष्ट्रेलियामा पनि आयोजना हुने आयोजकले टिमले बताएको छ । एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरु याम्प नाप्नेछन् । नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरनमा मोडलहरु स्टेजमा हिड्ने आयोजकले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।
    यो कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहनेछन् । यस्तै, ‘कर्पोरेट क्विन २०१९’ शित्तल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् ।
    यो कार्यक्रममा गायिका मिलन लामा र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति राख्नेछन् । शोको कोरियोग्राफर मुस्कान रानी हुन् । यस्तै, गायक धिरज राइले पनि कार्यक्रममा सहभागीता जनाउनेछन्।
    आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ । यस्तै, शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ । नेपालका हेरिटेजहरुको प्रमोशनमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु