राखीको ‘हे मन’ शंकरको स्वरमा यस्तो सुनियो

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७७, मंगलवार
Rakhi Gauchan

काठमाडौं । गीतकार राखी गौचनको शब्द सिर्जनामा शंकर थापाको ‘हे मन’ बजारमा आएको छ । लिरिकल भिडियोमा आएको यो गीतलाई शंकर थापाले नै संगीत भरेका छन् । लक्ष्यबिना भौंतारिएकाहरुको कथामा गीतकार गौचनको शब्द संयोजनलाई संगीतसँगै स्वर दिएका हुन् शंकर थापाले ।
यस गीतको संगीत संयोजन विष्णु अधिकारीको रहेको छ भने विप्लप अधिकारीले रकर्डिङ गरेका हुन् । यसको मिक्सिङ र मास्टरिङ अशोक महर्जनले गरेका छन् । लिरिकल भिडियोलाई देव जंग थापाले निर्माण गरेका छन् । गीतलाई डस म्यूजिकले बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु