हिमाल र स्मिता दाहालको “कल्लाई थाछैन” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । लोेकप्रिय गायक हिमाल सागर र स्मिता दाहालको “कल्लाई थाछैन” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालु हाँस्दा सँगै हासेको र रुदा सँगै रोएको कुरा गरिएको उक्त गीतमा यादव लम्सालको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेंज रहेको छ ।

“कल्लाई थाछैन” बोलको गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देनश गरेका हुन भने सोही गीतको भिडियोमा नायक पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय रहेको छ । पुष्प खड्का र रेश्मा घिमिरेलाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको भिडियोमा राम्रो नृत्य देख्न सकिन्छ । भिडियो नवराज उप्रेतीले छाँयाकन गरेका हुन् भने सोही गीतको भिडियोलाई विकाश ज्ञावालीले सम्पादन गरेका हुन् । गीतलाई गृष्मा म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु