नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले ऐतिहासिक दस्ताबेजको रुपमा ‘अग्र अनुहार’ ल्याउँदै

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०८०, शुक्रबार

काठमाडौँ, शुक्रबार, १९ माघ २०८० । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको आयोजनामा ऐतिहासिक दस्ताबेजको रुपमा रहेको पुस्तक बिमोचन गर्ने भएको छ ।

‘अग्र अनुहार’ कथा अग्रजको, गाथा महासंघको उक्त ऐतिहासिक दस्ताबेज सहितको पुस्तक सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा हुने प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार, पत्रकारीता र राजनीति मात्र होइन, नेपाल पत्रकार संघदेखि महासंघसम्मका विभिन्न बिषय समाबेश गरी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले उक्त किताब तयार परेको हो ।

नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपको सभा हलमा आगामी माघ २८ गते आइतबारका दिन बिहान ११ बजे पुस्तक बिमोचन हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु