• होली नजिकिदैं गर्दा ‘खेलौं होली’ भन्दै कलाकारहरुको रमाइलो (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७८, मंगलवार

    काठमाडौं । आत्मीयता साटासाट गर्ने रंगहरुको पर्व ‘होली’ नजिकिंदै गर्दा ‘खेलौं होली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सबिन सुबेदी, राजेन्द्र बजगाईं र सुजता केसीको स्वर रहेको छ ।

    संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत रहेको म्यूजिक भिडीयोमा श्रीदेव भट्टराई, युनिसा वस्नेत, मोनिका श्रेष्ठ, रोयल प्रिन्स सिंहको साथमा संगीतकार बजगाईको पनि अभिनय रहेको छ । समय सान्दर्भिक भिडियोमा टंक केसीको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । शुसिल शर्माद्वारा निर्मित यो भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु