पाँच हट मोडेलहरु र रेपर प्रिन्स राज फिचर्ड सपन श्रेष्ठको ‘लै बरी लै’ ट्रेडीङमा

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

काठमाडौं । नेपाली सांगीतिक आकासमा निकै राम्रो नाम बनाएका पुराना गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । गायक सपन र रेपर प्रिन्स राज फिचर भएको ‘लै बरी लै’ बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ । सार्वजनिक भएको दुई दिनमा नै निकै राम्रो प्रतिक्रिया पाएको यस गीत बात गायक श्रेष्ठ निकै खुसि भएकाछन ।
गायक श्रेष्ठको जर्वरदस्त हट भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारि ,सम्पदा बानिया ,स्वीकृति प्याकुरेल ,कश्या अधिकारि लगायतका लाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ। गीतमा गयाक श्रेष्ठ र कोरियोग्राफर नरेस बिर शिंह लाई पनि फिचर गरिएको छ।

मेकिंगको हिसबाले निकै उत्कृष्ट देखिएको भिडियो लाई नरेस बिर शिंहले कोरियोग्राफी र नितिन चन्दले निर्देशन गरेका हुन् ।दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

गायक श्रेष्ठ कै श्रीमती अन्जना श्रेष्ठ निर्मात्री रहेको यस भिडियोमा चलेका मोडल लाई उचित तरिकाले भिडियोमा उतार्न गायक श्रेष्ठ सफल भएका छन । “गीत कै डिमाण्डका कारणले मैले धेरै मोडल राखेको हु , यो गीत बाट मैले धेरै आश गरेको छु “, उनले भने।

ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको गीतलाई गायक सपनले पूर्ण रुपमा न्याय गरेका छन् । यो गीत अनि भिडियो नै सपनको अहिलेसम्मकै सर्वोत्कृष्ठ रहेको प्रतिक्रिया पाईरहेको, निर्मात्री अन्जना श्रेष्ठले बताईन । भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत चै भिम बिकलाई सहयोग गर्ने, गायक सपनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु