
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की, स्वस्तिामा खड्का, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, सबिता कार्की,आस्था पोखरेल, सन्तोष लोक्शुम लिम्बु, समपर्णजंग कार्की, सृच्छा प्रधान, प्रियंका रानी जोशीलगायत करिब २ दर्जन सेलिब्रेटी एउटै र्याम्पमा देखिने भएका छन् । आगामी १५ र १६ गते (मार्च २८ र २९) होटल याक एण्ड यति दरबार मार्गमा आयोजना हुने १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा सबै सेलिब्रेटी एकसाथ फेसन शोमा देखिने भएका हुन् ।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको फेसन शोमा २ दर्जन सेलिब्रेटीको अलवा ३१ जना ब्यवसायिक मोडलले समेत पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गर्नेछन् । शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन २५ सिक्वेलमा प्रदर्शन हुनेछ । आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ।।।आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् । ।‘१४औँ जोय –आइइसी डिजाइनर रनवे’ अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा प्रस्तुत गर्न लागिएको हो’ उनले भनिन् ।
भारतबाट चर्चित तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ । नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले शो तयारी सुरु भैसकेको जानकारी दिए ।