• आईआईएफटीका ६५ डिजाइनरहरुको भिडन्त हुँदै

    म्यूजिक खवर
    प्रकाशित: ५ बैशाख २०७६, बिहीबार

    काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रँदैछन् । ६ महिनाभन्दा बढी कोर्ष गरेका डिजाइनरका विद्यार्थीहरु ‘ड्रेस टु इम्प्रेस’ शीर्षकमा पहिलोपटक भिड्न लागेका हुन् । यही आउँदो १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि यतिखेर विद्यार्थीहरु कम्पिटिशनको तयारीमा जुटेका छन् ।


    यसैक्रममा उनीहरु बुधबार ‘प्रि–जजिङ’ राउण्डमा प्रतिस्पर्धा गरे । कार्यक्रममा प्रतिस्पर्धी डिजाइनरहरुले आफूले तयार गरेका क्रियटिभ पहिरनहरु प्रस्तुत गरेका थिए । जसका लागि निर्णायकमा चर्चित फेसन डिजाइनर मनिष राई, शैक्षिक निर्देशक राजु सुवाल, कोरियोग्राफर रोजिन शाक्य रहेका थिए । उनीहरुले विद्यार्थीहरुले तयार पारेका पहिरनको जजिङ गरेका थिए ।

     


    स्मरणीय कुरा कार्यक्रममा डिजाइनरहरु नै आफूले तयार पारेका पहिरन पहिएर स्टेजमा प्रस्तुत हुने भएका छन् ।
    फाइनल इभेन्टका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक तथा आईआईएफटीका निर्देशक तथा फुपू तेन्जिङ शेर्पाले बताए । उनका अनुसार कार्यक्रम १० बैशाखमा नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साँझ हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु