• आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार

    काठमाडौँ । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यास ब्याकको अफर सार्वजनिक गरिएको छ ।

    विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा रू. ५० सम्मको क्यासब्याक दिने सुविधा छ । उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्नेगरी व्यवस्था मिलाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु