• ‘नजाने भो हाम्रो दुःख’: मुलुकको समसामयिक अवस्थाको यथार्थ चित्रण

    म्यूजिक खबर
    प्रकाशित: २३ पुष २०८०, सोमबार

    काठमाडौं । ‘नजाने भो हाम्रो दुःख’ सबिना–नारद पोखरेलको प्रस्तुति रहेको एक सांगीतिक कृति हो। यो कृति (म्युजिक भिडियो)लाई बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यमा दुईदिन अघि (पौष १८ गते) राजधानीमा आयोजित एक समारोहका बिच सार्वजनिक गरिएको छ ।

    गीतमा नारद पोखरेलको शब्दरचना, चित्रकार एवं सङ्गीतकार ज्योतिप्रकाशको सङ्गीत तथा मेलोडी सुल्तानको उपनामले परिचित गायक शिशिर योगीको स्वर रहेको छ ।

    नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको सो गीतको मिक्सिङरमाष्टरिङ महेश्वरमान राजभण्डारीले गरेका हुन् ।

    मुलुकको समसामयिक अवस्थाको यथार्थ चित्रण गरिएको यो म्युजिक भिडियोमा ‘दारी बा’ को उपनामले चर्चित कलाकार सुरवीर पण्डीत र कलाकार रश्मी भट्टले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने राजानन्द मन्डव्य लगायतका कलाकारहरूलाई सहायक भूमिकामा देख्न सकिन्छ ।

    दीपेन्द्र प्रकाश केसी को निर्देशनमा छायाङ्कन भएको यस भिडियोमा गोविन्द अन्जानको सिनेमाटोग्राफी र कल्पेश विश्वकर्माको सम्पादन रहेको छ । यस भिडियो पोष्ट प्रोडक्सनको काम आरब प्रोडक्सनले गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु