इण्डियन आइडल पवनदीप राजनले काठमाडौंलाई झुमाउने

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७८, बुधबार

काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजनको ठमेलमा कन्सर्ट हुने भएको छ । माघ १ गते (शनिबार) काठमाडौंको ठमेलस्थित ‘एलओडी’ क्लबमा प्रस्तुती दिन उनी नेपाल आउने भएका हुन् ।

नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् । यसअघि पनि एलओडीमा भारतीय कलाकारका साथै अन्य विदेशी कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएको भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यक्रम गर्ने क्लबले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु