• इन्दिरा जोशी र अमरको ‘आगो’ मा चमत्कारिक शक्तिको विश्वास

    म्यूजिक खबर
    प्रकाशित: १७ पुष २०७७, शुक्रबार

    काठमाडौं । गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत ‘आगो हो’मा एन्जिला ढकालको अभिनय छ। सुमित ढुंगेलको कथा र निर्देशन रहेको भिडियोमा ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिका लगायत कलाकारको अभिनय छ ।

    आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन्।

    डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो सुपर चमत्कारिक शक्तिको विश्वासमा आधारित छ । गायिका जोशीको साथमा अभिनित भिडियोमा मोडल ढकालले पहिलो पटक अभिनय गरेकी हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु