श्रीकृष्णको शब्द संगीतमा इन्दिराले ल्याइन् ‘बेग हानी गाको’

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७७, बुधबार

काठमाडौं । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘बेग हानी गाको’ सार्वजनिक भएको छ। गायिका जोशीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको छ। गीतको भिडियोलाई स्वयम् इन्दिराले नै निर्माण गरेकी हुन्।

भिडियोमा इन्दिरा र कर्माको अभिनय छ। अन्तर्जातीय प्रेम कथामा आधारित भिडियोमा गाउँको परिवेशलाई देखाइएको गीतको भिडियोमा माला र कुमारको प्रेम कथालाई देखाइएको छ।

इन्दिराले भिडियोमा कथालाई प्राथमिकता दिएको बताइन्। भिडियोले मानिसको स्वतन्त्र प्राणी हुन नसकेको यथार्थलाई चित्रण गर्न खोजिएको उनले उल्लेख गरिन्।

कुनै समयमा ग्लामर छविकी गायिकाको रुपमा स्थापित इन्दिराले आफूलाई गाउँले युवतीको रुपमा प्रस्तुत गरेकी छिन् भने कर्माले पनि क्यारेक्टरलाई जीवन्त बनाएका छन्।

गीतको भिडियोमा कविता आले, विनोद भट्टराई र मिश्री थापाको पनि अभिनय रहेको छ। भिडियो शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ भने यसलाई एलिन श्रेष्ठले निर्देशन गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु