Indra Narathunge

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७२, मंगलवार

संस्कृतमा रहेको रामायणलाई नेपालीमा उल्था गरेर तात्कालिन ब्राह्मण समाजको अलिकती झाँको झारेका भानुभक्त, आदिकवी भने होइनन् भन्नेकुरा साहित्यका अध्यताहरुले प्रष्ट पारिसकेका छन् ।

खासगरी ब्राह्मण समाजमा सिमित रहेको रामायण, आम जनताको बीचमा पुर्याउने काममा भानुभक्तले योगदान गरेका छन्,,,उनको यो योगदानलाई कदर गर्नै पर्छ । परन्तु उनको काब्यिक चिन्तनलाई बहसको बिषय नबनाई एकोहोरो महान ठानिनु गलत हो । “बधु शिक्षा” जस्ता कृतिमा गरिएको नारीको अपमान,, महान मान्छेले गर्ने काब्यचिन्तन/लेखन होइन ।

यसर्थ भानुलाई सम्झनु उचित हो तर पूजा गर्ने प्रबृती ठिक होइन । यसैगरी भानू जयन्तिमा स्वत:स्फूर्त रुपमा हुने कार्यक्रमलाई स्वभाविक मान्नुपर्छ तर राज्य शक्तिको आडमा गत बर्ष झैं उर्दि गरेरै कार्यक्रम गर्न लाउनु अरु श्रष्ठाहरुको अपमान गर्नु हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु