अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेला सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७५, मंगलवार

फाल्गुन ३ गते देखी ९ गते सम्म काठमाडौंको बिभिन्न स्कुलहरुमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेला “International Children Folk Festival 2019-Nepal” सम्पन्न भएको छ। लालीगुराँस नेस्नल एकेडेमी मनमैजुमा एक भब्य समरोहका बिच गृहमन्त्री राम बहादुर थापा “बादल” ले उद्घटन गर्नु भएको थियो।

अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेला मा नेपालको पहिलो नृत्य निर्देशक भैरब बहादुर थापा लाई गृहमन्त्रीज्युको बाहुलीबाट सम्मान गरियो। उद्घटन पछी गृहमन्त्री “बादल” ले नेपालको पहिले नृत्य निर्देशक भैरब बहादुर थापा लाई सम्मान गर्न पाउदा आफु गौरवान्वित भएको बताउनु का साथै एभरेष्ट नेपाल कल्चरल ग्रुपलाई नेपालमा अन्तर्राष्ट्रिय सस्कृतिक पर्यटनको बिकासका लागि काम गरेकोमा बधाईका साथै धन्यवाद दिनुभयो।

मलेसिया, ताईवान र नेपालका विद्यार्थीहरुले भाग लिएको अन्तर्राष्ट्रिय बाल सास्कृतिक मेला फाल्गुन ४ गते लालीगुराँस नेस्नल एकेडेमी मनमैजु, फाल्गुन ७ गते बागमती बोर्डिङ स्कुल सुकेधार, फाल्गुन ७ गतेनै लोयल्टी एकेडेमी मन्डिखाटार, फाल्गुन ८ गते ओडिसी इन्टरनेसनल एकेडेमीमा आयोजना गरिएको थियो। एभरेष्ट नेपाल कल्चरल ग्रुपले मेलाको लागि अन्तर्राष्ट्रिय समुहालाई नेपाल बोलाएको थियो भने लालीगुराँस नेस्नल एकेडेमी मनमैजु, बागमती बोर्डिङ स्कुल सुकेधार, लोयल्टी एकेडेमी मन्डिखाटार र ओडिसी इन्टरनेसनल एकेडेमी आयोजक थिए।

मेला अबधीभर अन्तर्राष्ट्रिय बालबालिकाहरुले बिभिन्न स्कुलका विद्यार्थीहरु सँग आफ्नो कला प्रस्तुतिसंगै पठनपाठनका बिषयमापनि अन्तरक्रिया गरेका थिए। पाटन र बसन्तपुर दरबार क्षेत्र का साथै बौद्धनाथ पनि अबलोकन गरेर अन्तर्राष्ट्रिय बालबालिकाहरुले नेपाली साह्रै मिलनसर र हसिला भएको प्रतिकृया दिदै एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने १०औं अन्तर्राष्ट्रिय लोक सस्कृतिक मेला २०७६ मा पुन नेपाल आउने र काठमाडौं बाहिरको पनि अबलोकन गर्न मन भएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु