अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न, दश लाखभन्दा बढीले गरे अबलोकन

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०८०, बुधबार
International Folk Festival 2024

काठमाडौं । “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार“ भन्ने मुल नारा सहित आयोजना भएको १२ औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म देशका विभिन्न भागमा आयोजना गरिएको मेलालाई दश लाखभन्दा बढीले अवलोकन गरेका छन् । फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो । कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो ।
काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको ११ देशका कलाकारले बसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुती दिएर कार्यक्रमको समापन गरेको थियो ।
दाङको घोराही बजार, काठमाडौंको असन ईन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजु क्षेत्रमा मेला आयोजना गरिएको थियो । मेलामा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ–आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाँकी प्रदर्शन गरेको थियो । उक्त मेलामा प्रत्यक्ष रुपमा १० लाखभन्दा बढीले प्रतक्ष अबलोकन गरेको आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।
विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्दै आएको छ । उद्घाटन सत्रमा ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ । यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने’ हाम्रो विश्वास लिएका छौ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा १२ औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला साथमा नेपाल टेलिकमका संयोजक डा.आरसी कोइराला ‘रामचन्द्र’ले भने ।
१२ औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको स्थानिय आयोजक दाङ उद्योग बणिज्य संघ, नेपाल उद्योग बणिज्य महासंघ गण्डकी प्रदेश, बज्र कला कुन्ज, लालीगुराँस नेशनल एकेडेमीलाई एभरेष्ट नेपाल कल्चरल ग्रुपले हृदयदेखि धन्यवाद दिएको छ । साथै नेपाल टेलिकम लगाएत बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिक, ललितपुर महानगरपालिक, नेपाल संगीत नाट्य एकेडेमी साथै बिभिन्न अन्तर्राष्ट्रिय संघसस्थाहरु, बिभिन्न संचारगृहहरु, संचार माध्यमहरु लगएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई एभरेष्ट नेपाल कल्चरल ग्रुपले हार्दिक आभार प्रकट गरेको छ ।
१३औ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा पुन भेट्ने गरी सम्पूर्ण कलाकारहरुलाई बिदा गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले बताएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु