ईश्वर मागियाको ‘हंगामा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

काठमाडौं । गायक ईश्वर मागीयाको आवाज रहेको आधुनिक गीत ‘हंगामा’ बजारमा आएको छ । एल्बममा समेटिएका दुई गीतमध्ये घुम्न जाउँको म्युजिक भिडियो समेत युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
यो एल्मबमा रहेका गीतमा गायक मागीयाको स्वर, कम्पोज तथा शव्द सुन्न सकिनेछ । गीतलाई काठमाडौँ म्युजिक स्कुलले बजारमा ल्याएको हो । ‘हंगामा’ मागीयाको १२ औं एल्मब हो । यसअघि उनले ल्याएका केहि गीतले वजारमा राम्रै छाप छोडेका छन् ।
ईश्वर मगिया एउटा युवा गायकको नाम हो । नेपाली संगीत क्षेत्रमा करिव डेढ दशकदेखि उनी सक्रिय छन् । यसै दौरानमा उनले एक दर्जन भन्दा धेरै गीति एल्बम बजारमा ल्याइसकेका छन् ।

गीत संगीतमा मौलिकपन हुनुपर्छ भन्छन् ईश्वर । यस्तो भयो भने मात्र त्यो दर्शक र श्रोताको प्रिय हुने उनको निश्कर्ष छ ।
आफू भने अरुको भन्दा भिन्न शैलीका गीत गाउन र संगीत भर्न खप्पिस छन् उनी । हिजोआज चलनचल्तीका गीतहरुमा पनि उत्तिकै समय दिने गरेको उनले बताए । प्रायजसो डान्सिङ मोडलका गीतहरु मगियाको छनौटमा पर्ने गरेका छन् । यसै क्रममा उनले भर्खरै मात्र यस्तै प्रकारको गीत बजारमा ल्याएका छन् ।

भिमफेदी गाइज मार्फत बजारमा आएको नयाँ गीतको एल्बम छ , हंगामा । गीत छोटो छ तर निकै रमाइलो पनि छ । यसमा लय, स्वर मात्र होइन संगीत पनि गायक स्वयंको रहेको छ । क्यामेरा पवन सुस्लिङ्गको रहेको छ भने यसमा निर्देशन निर्मल कुमार लामाको रहेको छ ।
घुम्न जाउँ मोटरमा तिमी र म बोलको प्रस्तुत गीतले नेवारी संस्कृतिको झल्को बचाएको छ भने निकै मौलिकपन पनि देख्न पाइन्छ । हेरौं गीतको म्युजिक भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु