• ईश्वर थापा र फरिता खड्का अभिनित ‘कस्तो हो यो माया’

    म्यूजिक खबर
    प्रकाशित: २० आश्विन २०८१, आईतवार

    काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहे पनि व्यस्त जीवनबाट बचेको समयलाई विविध तरिकाले सदुपयोग गरेका हुन्छन् । त्यही समयलाई बचत गर्दै चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

    क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् । पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका छन् । गीतको भिडियो निर्माता थापाको आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु