दशैको गीत ‘मायाको पिरैमा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । नेपालीहरुको महान् चार्ड वडा दशैँ नजिकिदै गर्दा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही अवसरमा शिवबहादुर सार्कि र गीता देवीको स्वरमा रहेको गीत ‘मायाको पिरैमा’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा नारायण पुरकोटीको शब्द, रहेको उक्त गीतमा रेशम थापाको सङ्गीत र बिष्णु तामाङको एरेञ्ज रहेको छ ।

‘मायाको पिरैमा’ बोलको म्यूजिक भिडियोलाई सबिन गौतमले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा सबिन गौतम, आयुष्मा कार्की, केदार, सुविज्ञा, शोभा, सृष्टिको अभिनय रहेको छ । सागर गौतमले छायाँकन गरेको सोही गीतको भिडियोलाई रमित आलीले सम्पादन गरेको छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु