• जगत मर्दन थापा र जुनु गौतम ‘दैव संजोग’ यसरी भेटिए

    म्यूजिक खबर
    प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

    काठमाडौं । वरिष्ठ गायक जगत मर्दन थापा उमेरले ८ दशक पार गरिसक्दा पनि अझै तन्नेरी छन् । सिर्जनाले उनलाई तन्नेरी बनाइरहेको छ । सिर्जनामा सदैव ध्यान लगाउँदा उमेरले कुनै बाटो छेक्दैन भन्दै गायनको यात्रामा निरन्तरता दिइरहेका गायक जगत मर्दन थापासँग गायिका जुनु गौतम ‘दैव संजोग’मा भेटिएका छन् । सहदेव ढुंगानाको शब्दमा रहेको गीत ‘दैव संजोग’मा गायक थापा र गायिका गौतमले स्वर दिएका हुन् । मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको यस गीतलाई मोहित मर्दन थापाले निर्माण गरेका हुन् ।

    मक्किएको धुरी खाँबो एल्बममा समावेश गरिएको यस गीतको लिरिकल भिडियोलाई बेष्ट टोन म्यूजिकबाट सार्वजनिक गरिएको हो । यस गीतको कोरस गायनमा भने मनोहर सुनाम, विकास चौधरी, मिना सिंह, मेचु धिमालको स्वर रहेको छ । भोला पौडेलको रेकर्डिङ एण्ड मिक्सिङ रहेको यस गीतलाई साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतको लिरिकल भिडियो दिप बस्न्यातले तयार पारेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु