अन्जु पन्तलाई कसले दियो ‘जाले रुमाल’

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार
anju panta

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त यतिबेला विवाह बन्धनमा बाँधिएकी छन् । यही अवसरमा उनलाई जाले रुमाल मिलेको छ । यो जाले रुमाल भने गायक कमल खनालले दिएका हुन् । गायक कमल खनालले आफ्नो शब्द र संगीत सिर्जनामा यो जाले रुपमा गायिका अन्जु पन्तलाई दिएका हुन् ।

गायक कमल खनाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जाले रुमाल’ यतिखेर बजारमा सार्वजनिक भएको छ । यस गीतमा शब्द संगीत कमल खनालकै रहेको छ भने संगीत संयोजन कमल सौरागको रहेको छ । गीतको सहगायनमा स्मृति शाही र पुष्पा बोहराले साथ दिएका छन् । प्रिजम डिजिटल बबरमहलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

जाले रुमालको म्यूजिक भिडियोमा लोकप्रिय निर्देशक प्रकाश भट्टको कला कौशल देखिन्छ । निर्देशन र कोरियोग्राफको पाटोबाट उत्कृष्टता पस्किएका प्रकाश भट्टको यो भिडियोलाई देखेपछि बजारमा धेरैले प्रशंसा गरेका छन् । हुन त निर्देशक भट्टले छोएका गीतहरु सबै उत्कृष्ट र सफलताको सूचिमा पर्दै आएका छन् ।
यस गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा पल शाह र गरिमा शर्माको नृत्य तथा अभिनय रहेको छ । भिडियोमा अमर सुनारले एसिस्टेन्ट कोरियोग्राफी गरेका छन् । श्याम मल्ल र अनिता ग्वाछाको श्रृंगार रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु