जमुनाले गौतमलाई भनिन्– ‘यसपाली तिजमा के दिन्छौ भन’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । तिज लागेपछि चेलीबेटीलाई चटारो भएको छ । तिजको छेको पार्दै गीत बजारमा ल्याउने होडबाजी कलाकारमा परेको छ । गायिका जमुना आचार्यलाई पनि यही चटारोमा गायक गौतम शेर्पासँग गुनासो गर्दैछिन् – ‘यसपाली तिजमा के दिन्छौ भन’ ।

गायिका जमुना आचार्य र गायक गौतम शेर्पाको स्वरमा रेकर्ड भएको गीत ‘यसपाली तिजमा’ श्रीराज इन्टरटेनमेन्टबाट बजारमा आएको छ । विनोद ढकालको शब्द तथा लयमा तयार भएको गीतको संगीत संयोजन भने केशव बडुले गरेका छन् ।

गीतको म्यूजिक भिडियोलाई राजीव बलामीले निर्देशन गरेका छन् । भिडियोमा सुमन खतिवडा, राजीव बलामी, सरिता कुँवर र रुपा थापा अधिकारीको अभिनय रहेको छ । मिलन गुरुङको सम्पादन रहेको म्यूजिक भिडियोको सह निर्देशन भने रोशन तामाङले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु