
काठमाडौं । यसो त जमुना शाही ठकुरी फेसन डिजाइनरको विद्यार्थी हुन् । तर यतिबेला आफ्नो परिचयलाई फराकिलो बनाउने सोचमा अगाडि बढेकी छिन् । यस्तैमा अभिनय मार्फत कलाकारितामा पनि होमिएकी छिन् ।
सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो कलाकारितालाई निखार्नको लागि कलाघर नामक संस्थामा आबद्ध छिन्। गोविन्द सुनारसँग उनले प्रशिक्षण लिँदैछन् । उनले नाटक “अछेता” मा अभिनय गरिसकेकी छिन् । जमुना भन्छिन् – ‘कलाकार बन्नलाई निकै नै मेहनत र अनुशासित हुन जरुरत रहेछ।’
सानैदेखि कलाकारिता भन्ने बित्तिकै हुरुक्क हुने उनी आफू एउटा राम्रो कलाकार जसले समाजका हरेक चरित्रहरू निभाउँदै परिवर्तनका कार्यहरूमा र गरिब निमुखाको आवाज बन्न कोसिस गर्दैछु।