
काठमाडौं । राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पु¥याउने विदेशी नागरिकलाई यो वर्षको जनसेवा श्रीे मानपदवी प्रदान गर्न लागिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिने यो सम्मान नेपाल चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष, सिनेमा सर्कल नेपालका अध्यक्ष समेत रहेका आवाजको दुनियाको साथी कलाकार, चलचित्र निर्देशक एंव रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी रहेका छन् । उहाँसँगै अभिनेता निखिल ऊप्रेती, नायिका श्वेता खड्का, वरिष्ठ कलाकार वसुन्धरा भुषाल, भुवन चन्द, शुरेश अधिकारी, स्व.खुशीराम पाख्रिङ, नारायण देवी प्रधान, एक नारायण भण्डारी, बद्री पंगेनी लगायत रहेका छन् ।
नेपाल सरकारको नियम बमोजिम पाँच प्रकारका जनसेवा श्री पदक हुने गर्दछन् ।
(क) प्रथम श्रेणी – सुप्रसिद्ध प्रबल जनसेवा श्री ।
(ख) द्वितीय श्रेणी – प्रसिद्ध प्रबल जनसेवा श्री ।
(ग) तृतीय श्रेणी – सुप्रबल जनसेवा श्री ।
(घ) चतुर्थ श्रेणी – प्रबल जनसेवा श्री ।
(ङ) पञ्चम श्रेणी – जनसेवा श्री ।
यसमध्ये अधिकांश कलाकार क्षेत्रका ब्यक्तित्वले तृतीय र चतुर्थ श्रेणीको प्राप्त गरेका छन् ।
कस्तो हुन्छ प्रवल जनसेवा श्री मानपदवी ?
यस मानपदवीको प्रतीक समूहमा मण्डन र पट्टिका हुनेछन् ।
(क) मण्डनः यो मण्डनको अग्रभाग अष्टकोणयुक्त हुनेछ । यसको व्यास ७ सेन्टिमिटर को हुनेछ । चारवटा कोणहरुमा सात–सातवटा चाँदीका किरणहरु हुनेछन् । चारवटा कोणहरुमा तीन–तीनवटा चारपाटे चाँदीका किरणहरु हुनेछन् । किरणहरुको मध्यभागमा ३.६ सेन्टिमिटर व्यास भएको बाहिरी वृत्त र २.४ सेन्टिमिटर व्यास भएको भित्री वृत्त हुनेछन् । बाहिरी वृत्तभित्र रातो मिनामा वृत्तको माथिल्लो भागमा यस मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म’ र तल्लो भागमा यस मानपदवीको नाम ‘जनसेवाश्री’ लेखिएको हुनेछ । मध्यभागमा सुनको पृष्ठभूमिमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झण्डा अंकित हुनेछ । यो मण्डन पट्टिकाको साथमा लगाइनेछ ।
(ख) पट्टिकाः रेशमले बनेको यो पट्टिकाको चौडाई ३.८ सेन्टिमिटर हुनेछ । बीचमा पहेंलो, पहेलोको दायाँबायाँ रातो र रातोको दायाँबायाँ सेतो धर्काहरु र दुवै किनारामा निलो धर्काहरु हुनेछन् ।
जनसेवा श्री तेस्रो र चौथो पाऊने कलाकारिता क्षेत्रका प्रतिनिधिहरू
भैरव बहादुर थापा
भुवन चन्द
बसुन्धरा भुसाल
दिनेश डिसि
मनोज गजुरेल
सुरेश अधिकारी
निखिल उप्रेती
नारायण देवी प्रधान
बद्रि पंगेनी
धिरज राई
जसमाया गुरुङ
टंक आचार्य
नारायण ओली
स्वेता खड्का
राम कृष्ण दुवाल
चेत नारायण राई
एकनारायण भण्डारी
धर्मराज गुरुङ
शान्तिराम राई
आज पर्न गएको संविधान दिवसको अवसरमा पदवी पाऊने सम्पुर्ण कलाकार तथा अन्य क्षेत्रका सम्पुर्ण ब्यक्तित्वहरूमा हार्दिक बधाई एंव शुभकामना ।