• जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २ फाल्गुन २०७६, शुक्रबार

    काठमाण्डौ । गायक जनक विवस न्यौपाने र गायिका अनिता एन एपी चौधरीको आवाजमा ‘मुना मदन’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका विचको माया र स्नेहलाई प्रस्तुत गर्न कोशिष गरिएको छ ।

    गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत रहेको छ । सिन्धुलीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ‘मुना मदन’ गीतको भिडियोमा पछिल्लो समयमा अभिनयमा निकै रुचाइएका मोडल दिनेश कठायत काजी र अनिता एन पी चौधरीको अभिनय रहेको छ ।

    ‘मुना मदन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु