जानकी र बिक्रमको ‘अभागी छोरी’

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७७, सोमबार

काठमाडौं । दशैं नजिकिएसँगै पछिल्लो समयमा सांगीतिकत बजारमा दशैं विशेष गीत धमाधम सार्वजनिक भइरहेका छन् । यहि क्रममा लोकप्रिय गायिका जानकी तारमी मगर र उदीयमान गायक बिक्रम रानाको स्वरमा दशैं तीहार विशेष गीत सार्वजनिक भएको छ ।
‘अभागी छोरी’ बोलको गीतमा शब्द तथा संगीत जानकी तारामी मगरकै रहेको छ भने एरेन्ज राकेश सोनीको रहेको छ ।

निर्देशन तथा छायांकन करन चैसिरले गरेको उक्त भिडियोको सम्पादन भने मनोज कार्कीको रहेको छ ।
गीतमा दशैं तीहारमा माईती र चेली, विशेषगरी आमा बाबा, दाजुभाई, दिदीबहिनी साथीसंङ्गीहरूसँग भेट्न नपाउँदाको भाव गीत मार्फत पोख्ने कोशिश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु