जानकी र राजुलाई यसरी ‘दिलमै लाग्यो ठेस’ भिडियोमा हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७५, मंगलवार

नेपाली लोक तथा दोहोरी क्षेत्रकी लोकप्रिय गायिका जानकी तारमी मगर र गायक राजु ढकालको सुमधुर आवाजले सजिएको गीत ‘दिलमै लाग्यो ठेस’ सार्वजनिक भएको छ ।

गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ ।

जानकीले आफ्नै शब्द संगीतमा गायक राजु ढकालसँगको सहकार्यमा गीत ‘दिलमा लाग्यो ठेस’ ल्याएकी हुन् । गीतको भिडियोमा हाँस्यकलाकार सरापे (यादब देबकोटा) र आरुसी मगरले अभिनय गरेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतको छायांकन भने राजेश घिमिरेले गरेका हुन् । बिष्णु शर्माको सम्पादन रहेको गीतलाई गायिका जानकी तारमी मगरकै युटुब चयानलमा अपलोड गरिएको छ ।

भिडियो हेर्नुहोस ‘दिलमै लाग्यो ठेस’

 

मौलिक सालैजो गीत ‘सुर्खेतमा भेरीको पुल’ चर्चामा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु