मौलिक सालैजो गीत ‘सुर्खेतमा भेरीको पुल’ चर्चामा

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७४, सोमबार

फागुन २१, काठमाडौ । नेपाली लोक तथा दोहोरी क्षेत्रकी लोकप्रिय गायिका जानकी तारमी मगर र गायक गोपाल नेपाल जिएमको सुमधुर आवाजले सजिएको मौलिक सालैजो गीत ‘सुर्खेतमा भेरीको पुल’ चर्चामा छ ।

यहि सालको माघ २१ युट्युव मार्फत सार्वजनिक गरिएको गीतको भिवर्स एक महिनाको समयावधीमा अर्थात् फागुन २१ गतेमा ५६ हजार १३० पुगेको छ । गीतको भिवर्सको संख्या बढ्दो छ । गीतले राम्रो भिवर्समात्र कमाएको होइन उतिकै राम्रो प्रतिक्रिया पनि पाएको छ । मौलिक र उत्कृष्ट सालैजो गीत ल्याएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । चर्चित मोडल शंकर बिसी र रिना थापाको अभिनय रहेको गीतलाई गायिका जानकी तारमी मगरको लय तथा शब्द सृजना रहेको छ ।

शंकर बिसीको निर्देशन रहेको उक्त गीतको छायांकन भने दुर्गा पौडेल ले गरेका हुन् । नबिन घर्तिमगर को सम्पादन रहेको गीतमा गायिका जानकी तारामी मगरकै युटुब चयानलमा अपलोड गरिएको छ ।
भिडियो हेर्नुहोस “सुर्खेतमा भेरिको पुल”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु