‘जय माता दी म्यूजिकल फेस्टिबल’ नेपालभर हुने

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७६, शनिबार

काठमाडौं । ‘जय माता दी एम्युज मेन्ट एन्ड इभेन्ट’को आयोजनामा नेपाल अधिराज्य भरका विभिन्न ठाउँहरुमा मेला महोत्सव गर्दै आएका मेला महोत्सव संयोजक राजवीर जयसवालको प्रतिनिधित्वमा र जय माता दी एम्युज मेन्ट एन्ड इभेन्टको आयोजनामा यहि चैत्र महिनाको पहिलो हप्ताबाट जय माता दी म्युजिकल फेस्टीवल नेपाल टूर अल नेपाल कन्सर्ट हुने भएको छ ।

उक्त कन्सर्ट नेपालका विभिन्न ठाउँहरुमा एकएक दिने सांगीतिक धमाका हुने छ भने उक्त कन्सर्टमा नेपालका ख्याति प्राप्त गायक गायिका डान्सरहरुले आफ्नो प्रस्तुति दिनेछन् । उक्त कार्यक्रमबाट उठेको रकम नेपालका विभिन्न ठाउँमा रहेका अपाङ्ग संघ संस्थामा हस्तान्तरण गर्ने कार्यक्रम संयोजक राजवीर जयसवालले जानकारी दिए ।

मेला महोत्सवमा नेपालका चर्चित गायक गायिकाहरुलाई विभिन्न ठाउँमा उतारी गीत संगीत क्षेत्रमा पनि योगदान पु¥याएका जयसवालले संगीत माध्यमबाट नै नेपालभरीका अपाङ्गहरुलाई सहयोग गर्ने यो उपयुक्त समय भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु