• जय किशन र एलिना अभिनित ‘चर्तिकला नक्कले’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ४ श्रावण २०७५, शुक्रबार

    ५ साउन, काठमाडौँ । नजिकिँदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गोर्खा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा हरिमाया रायामाझी, बिष्णु ठडराई र बिशाल रायमाझीको संयुक्त तीज बिशेष गीत ‘चर्तिकला नक्कले’ बोलको गीतको बिमोचन भएको छ । काठमाडौँको बागबजारमास्थित हेल्लो क्याफेको सभाकक्षमा सम्मन्न उक्त कार्यक्रममा प्रमुख अतिथि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनी, विशेष अतिथि अर्घाखाँची काठमाडौँ कलाकार समाजका अध्यक्ष मधुसुदन बन्जाडे, म्युजिक भिडियो निर्देशक शिवम पोख्रेल, नायक जय किशन बस्नेत, नायिका एलिना रायमाझी, लगाएतका व्यक्तित्वहरु उपस्थितिमा उक्त गीतलाई सार्वजनिक गरिएको हो ।

    गोर्खा चौतारी म्युजिक प्रालिका संचालक सुनिल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बद्रि पंगेनीले आफ्नो मन्तब्य राख्दै नायक जय किशन बस्नेतको डेब्यु म्युजिक भिडियोले लोक तथा दोहोरी गीतलाई हेर्ने दृष्टिकोणमा उच्चता आउने कुरा प्रस्ट पारेका थिए । उनले कुनै पनि सांगीतिक सिर्जना युट्युब कति चले, अनलाइनमा कति लेखीए भन्नु भन्दा पनि गीतको भाव सहितको मौलिक स्वादलाई मुल्यांकन गरिदिनुहुन सबैलाई अनुरोध गरेका छन् ।

    यता नायक जय किशन बस्नेतले आफुद्वारा अभिनित यो डेब्यु म्युजिक भिडियोले अझै बिभिन्न लोक तथा दोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गर्ने चाहना बढेको धारणा ब्यक्त गरेका छन् । म्यूजिक भिडियोमा उनले डेब्यू गरेपछि निकै खुशी व्यक्त गर्दै उनले अब आधा दर्जन म्यूजिक भिडियोबाट अफर आइसकेको समेत बताए ।

    प्रस्तुत गीतमा हरिमाया रायामाझी, बिष्णु ठडराई र बिशाल रायमाझीको सुमधुर स्वर रहेको छ । गीतलाई लय सिर्जना बिशाल रायमाझीले गरेका हुन् भने शब्द हरिमाया रायमाझीको रहेको छ । पोहोरको बर्ष मात्र उनीहरु कै संयुक्त प्रस्तुति ‘नक्कले भिनाजु’ बोलको तीज गीत सार्बजनिक भएको थियो । उक्त गीत करिब दश लाखको हाराहारीमा युट्युब मार्फत दर्शकहरुले हेरिसकेका छन् । यसैको सफलतापछि यो नक्कले भिनाजु भाग– २ ‘चर्तिकला नक्कले’ हो । यस गीतको म्युजिक भिडियोमा जय किशन बस्नेत र एलिना रायमाझीको रोमान्चक अभिनय रहेको छ । भिडियोलाई निर्देशन सिवम पोख्रेल, छायांकन अजय रेग्मी र सम्पादन अभिनायक मान शेरचनले गरेका छन् । गीतलाई गोर्खा चौतारी म्यूजिकले बजार व्यवस्थापन गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु