जेबी र मेलिनाको ‘काली आइ लभ यु’

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७७, शनिबार

काठमाडौं । चर्चित गायक एबं सर्जक जेबी ओलीको नयाँ र पृथक गीत ‘काली आइ लभ यु’ को भिडियो सार्वजनिक भएको छ । यस गीतमा जेबी ओली र मेलिना राईको स्वर रहेको छ भने जेबी ओली कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जेबी ओलीले आफ्नो सांगीतिक क्षेत्रलाई निरन्तरता दिनलाई केही समयपछि यस गीत बजारमा ल्याएको बताएका छन् ।

चर्चित निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको उत्कृष्ठ नृत्य तथा अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु