• महेन्द्र र पुजाको के होला सम्बन्ध

    म्यूजिक खबर
    प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार ०४:४४

    काठमाडौं । जेबी ओलीले नयाँ सांगीतीक कोसेली सम्बन्ध नामक गीत भर्खरै बजारमा ल्याएका छन् । ओलीले बिगत देखी अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।

    जे।बि।ओलीको सफल गीतहरु ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगायत धेरै गीतहरु रहेका छन् । गीतमा जे।बि। ओलीलाई गायिका पूर्णकला बिसी ले स्वरमा साथ दिएकी छिन् भने लय, शब्द जे।बि। ले नै गरेका हुन् ।

    गीतको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतमलाई समझ्दारी प्रेमीको रुपमा उभ्याइएको छ भने उनलाई पुजा पराजुलीले अभिनयमा साथ दिएकी छिन् ।

    भिडियोलाई निर्देशन रेशम सापकोटाले गरेका छन् भने छायांकन दिनेश मुस्कान र सम्पादन रोशन धितालले गरेका हुन् ।

    गीतको अडियो तथा भिडियोलाई जेबि ओलीको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु