जीवन कंडेलको अहिलेसम्मकै उत्कृष्ट गीत कठै मेरो जुनि भाग २ // भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् ।

गायक जीवन कंडेलको स्वर र प्रेम सापकोटाको संगीत रहेको “कठै मेरो जुनी” बोलको गीत दीपिका म्युजिक युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ, सरापे नामले परिचित हाँस्यकलाकार यादव देवकोटा र चर्चित सञ्चारकर्मी कृष्ण आचार्यले अभिनय गरेको भिडियोलाई स्मृति तिमिल्सिना “गुरु” आमाले निर्देशन गरेका हुन् । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु