को हुन् डब्बुको ‘झरी’ मा रुझ्ने युवती ?

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७१, शुक्रबार

काठमाडौं, ९ असोज । सञ्चारकर्मी एवं चलचित्र निर्देशक डब्बु क्षत्रीले आफ्नो एकल रचनामा शँृगारिक गजल संग्रह ‘झरी’ स्रोतामाझ ल्याएका छन् । जसमा जुगल डंगोलको एकल संगीत छ ।
नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा र प्रा. डा. कृष्णहरि बरालले राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा एक समारोह माझ बुधबार गजलसँग्रह झरीको बिमोचन गरे ।
कार्यक्रममा गीतकार तथा विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीलाई ‘सँगीतकर्मी सम्मान–२०७१’, सौन्दर्यकर्मी शुष्मा महरालाई ‘सौन्दर्यकर्मी सम्मान–२०७१’ र समाजसेवी सुमित्रा बस्नेतलाई ‘सेवा सम्मान–२०७१’बाट बास्कोटा र बरालले सम्मान गरे । यी तीन स्रस्टालाई विलक्षण क्रियसन र आर्टोम्युज रेकर्डिङ स्टुडियोका तर्फबाट सँयुक्त सम्मान गरिएको थियो ।
आफुसँग केही चलचित्रमा काम गरेका क्षत्रीको झरीभित्रका गजल कर्णप्रिय रहेको बासकोटाले बताए । नेपाली गीतसंगीतको पाईरेसी रोक्न प्रज्ञा प्रतिष्ठानका तर्फबाट आफुले सक्दो कोशिस गर्ने उनले बताए ।
डा. कृष्णहरि बरालले गजलको महत्व बारे प्रकाश पार्दै गीत लेखनको दुई दशकपछि ढिलै भए पनि क्षत्रीले स्तरीय गजल ल्याएको बताए । गलजकार डब्बु क्षत्रीले यो संग्रह तयार गर्न पाँच वर्ष लागेको जानकारी गराए । गजल श्रव्य माध्ययम भएकाले पनि आफुले स्रोतामाझ ल्याएको उनले प्रकाश पारे ।

jhari_news (5)
सम्मानित स्रस्टाका तर्फबाट रेग्मीले पाईरेसीको कारण नेपाली गीतसंगीतको बजार धरासाई भएको बताए । सँग्रहका सबै गजलको संगीत र संगीत संयोजन गरेका  डंगोलका सँग्रहको संगीतबारे कार्यक्रममा प्रकाश पारे ।
संग्रहमा साउनको भेलजस्तो…, झमझम झरी वर्षिरहेको, झरीले रुझ्दा पनि…, तिमीसँग सुन्दरताको…, धेरै रोएँ तिम्रो यादमा बोलका गजल छन् । जसमा राजेश पायल राई, निशा देशार, दीपक लिम्बु, दुर्गा खरेल, अञ्जना गुरुङ र नव गायक फुपु तेन्जिङ शेर्पाको स्वर रहेको छ । झरीलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । बिमोचन समारोहमा झरीले रुभ्mदा पनि…गजलको भिडियो रिलिज गरिएको थियो । क्षत्री आफैंले निर्देशन गरेको यो भिडियोमा नविन लम्साल र रुपा खनालको अभिनय छ ।
गजल संग्रहलाई शृंगारिक भनिए पनि एल्बमको कभरमा छापिएको युवतीको तस्बिर भने साँँच्चीकै शृंगारिक छ  ।  कार्यक्रममा समेत उक्त कभर गर्लको चर्चा भएको थियो । तर, उक्त युवती एल्बमको गीतकै म्युजिक भिडियोमा मोडलिङ गरेकी अभिनेत्री रुपा खनालको रहेछ । यो कुरा डब्बुले भनेपछि मात्र थाहा भएको हो ।

jhari_news (3) jhari_news (2) jhari_news (1)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु