युट्युव ट्रेण्डिङमा चढ्दै ‘फूलबुट्टे चोली’

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७७, सोमबार

काठमाडौं । लकडाउनलेकै अवस्थामा सार्वजनिक भएको गीत ‘फूलबुट्टे चोली’ निकै चर्चामा रहेको छ यतिबेला । गीतमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएका जिवेशसिंह गुरुङ र गायनमा निकै क्षमता देखाएकी गायिका बेनिशा पौडेलको स्वर रहेको छ । ‘गज्जब क्रू’ टिमको तेस्रो प्रस्तुति यस गीतमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको शब्द रहेको छ । गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत शुक्रवार सार्वजनिक गरिएको हो ।


यस भिडियोलाई दर्शक तथा श्रोताले रुचाएका छन् । यो समाचार बनाइरहँदा भिडियो यु–ट्युबमा १५ नम्बर ट्रेण्डिङमा छ । त्यस्तै २ लाख बढी दर्शकले हेरिसकेका छन् ।
दिपक शर्माको सङ्गीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन् । गीतको भिडियोमा कलाकारहरू सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईँको बेजोड अभिनय रहेको छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । लकडाउनका बेला घरमै बसिरहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गीत सार्वजनिक गरेको गीत निर्माण पक्षले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु