• यसपालीको तीजमा खुमन, गौरी र नरेशको जिन्दगी नै भयो डामाडोल

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार

    काठमाडौं । लोकप्रिय गायक खुमन अधिकारी र गायिका गौरी भट्टको जिन्दगी नै डामाडोल भएको छ । वास्तविक जीवनमा भने उनीहरुको जिन्दगी डामाडोल भएको होइन । यो वर्षको तीजलाई लक्षित गर्दै सार्वजनिक भएको खुमन र गौरीको स्वरमा ‘जिन्दगी नै भयो डामाडोल’ बोलको तीज गीतको सन्दर्भ हो । उक्त गीत ‘सुदुर सम्झना’ युटुव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक भएको छ ।
    गीतमा नरेश बोहराको शब्द तथा लय रहेको छ । बोहरा लामो समयदेखी नेपाली संगीतमा सक्रिय रहेका सर्जक हुन् । गीतको संगीत संयोजन तथा मिक्सिङ भने दिपक संगम बिसीले गरेका हुन् । मीठो लयमा तयार भएको गीतका शब्द समय सान्दर्भिक रहेका छन् ।

    भिम थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा ‘साझा आवाज ग्रुप’ का कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
    अमृत उपाध्यायको छायांकन तथा ड्रोन चलाएका उक्त भिडियोलाई प्रविण रेश्मी मगरले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु