
काठमाडौं । नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत जूनसँग दाँजी हेरेँ को भिडियो सार्वजनिक गरिएको छ । उनलाई गीतमा गायीका पुजा सुनारले साथ दिएकी छन् । इन्द्र आर पीको शब्द संगीतमा तयार भएको गीतमा बिनोद केसीको निर्देशन तथा छायांकन रहेको छ । भिडयोको सह निर्देशनमा मिलन मिश्रले गरेका छन् ।
सार्बजनिक गीतका संगीतकार इन्द्र आर पीले उत्कृस्ट संगीत सिर्जना गरेका छन् र उक्त गीतमा प्रताप दास र पुजा सुनारले खुलेर गाएका छन् । गीत अनुसार अष्ट्रेलियामामा खिचिएको भिडियो पनि उत्कृस्ट बनेको छ । भिडियोमा देव बहादुर नेपाली र सुरबी मानन्धरलाइ फिचर्ड गरिएको छ । कृष्ण भण्डारीले सम्पादन गरेको भिडियोमा कलाकारलाई नचाउँने काम किरण थापा मगरले गरेका हुन्।