• जुनु, प्रमोद र ताराप्रकाशको ‘मैले गर्ने विश्वास’

    म्यूजिक खबर
    प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
    Pramod Kharel

    जुनु काम्बाङको शब्दमा ‘मैले गर्ने विश्वास’ बोलको म्युजिक भिडियो दर्शक, श्रोता माझ आएको छ । गायक प्रमोद खरेलको स्वर, तारा प्रकाश लिम्बूको संगीत रहेको गीतमा साहश शाक्यको एरेञ्ज छ । गीतमा मायाप्रेम झल्काउँदै गीतकार जुनु काम्बाङले शब्द सिर्जना गरेकी छन् ।

    रोहित जोशी, मुना भर्तेल, दीपक, श्रीजना, गुनगुन, कैलाशको जीवन्त अभिनय रहेको भिडियो शंकरराज पहाडीले निर्देशन गर्नुभएको हो । विनोद सापकोटाको छायांकन, रोशन धितालको सम्पादन रहेको भिडियो धिताल फिल्म प्रालिले सार्वजनिक गरेको हो ।

    रोहित जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएका छन् । केही समय पहिलेमात्र उनी अभिनित ‘मेरो साथी’, ‘मेरो आँशुमा’ र ‘आज तिम्रो सम्झनाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु