• कर्णप्रिय गीत ‘बिहानी’ सार्वजनिक !

    म्यूजिक खबर
    प्रकाशित: २३ माघ २०७६, बिहीबार

    गीतकार राजु बाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको आवाजमा बिहानी बोलको गीत सार्वजनिक भएको छ । अजम्बरी एल्बममा समाबेस रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन । त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीको सफल कोरियोग्राफर तथा नृत्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका छन ।
    करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलामी र मनिता खुलाललाई फिचर्ड गरिएको यस गीतलाई फरक तरिकाले निर्देशक श्रेष्ठले तयार गरेका छन ।
    करिब दुई दर्जन भन्दा बढी गीत गाइसक्नु भएको गायिका जुनु गौतमको यस गीतमा फरक गायकी पन सुन्न सकिने छ। यो गीत मैले अलिकति फरक तरिकामा गएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा बास पक्कै पनि पाउने छ उनले भनिन ।गीतको भिडियो लाई युश ढकालले खिचेकाछन भने सम्पादन जितेन्द्र राजोपाध्याको रहेको छ।
    गीत ओ एस आर डिजिटलको युटुब बाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु