ज्योति फिल्म्स म्यूजिक अवार्डमा पत्रकार श्रेष्ठ सम्मानित

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

काठमाडौं । रोयल मुभिज र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्स् एण्ड म्युजिक अवार्ड २०८० मा वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ सम्मानित भएका छन् । केही समय पहिले यूएईमा सम्पन्न भएको अवार्डको पाँचौ संस्करणमा बाँकी रहेका कलाकारहरुलाई राजधानीमा अवार्ड तथा सम्मान गरिएको हो । विविध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरुलाई शनिबार नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मान प्रदान गरेको छ । कार्यक्रममा आयोजक संस्थाले दुबईमा संकलन गरेको तीस हजार नगद रुकुमका भूकम्प पिडितहरुको लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक सेवा समाजका प्रकाश पुरी, कल्पना के.सी. र रोयल मुभिज प्रा.लि.ले उक्त रकम उपलब्ध गराएको हो ।

नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुखआतिथ्यता र आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा अवार्ड तथा सम्मानपाउनु हुनेहरुमाः–पावर्ती कार्की – काठे गायिका, राम सुन्दर थामी – काठे नवगायक, रमला पाख्रिन तामाङ्ग – पपगायिका, पक राना मगर – गीतकार ‘प्रोत्साहन’, सुमन बि.टी. – लोकदोहोरी नवगायक, तेजमान तामाङ्ग – भाषाभाषी ‘मेन्हदोमाया गीतकार’, अरुण कुमार गिरी र विकाश बिश्वकर्मालाई– कला सम्मान, चन्द्र कुमार दोङ्ग – बिशेष सम्मान, सानुकाजी श्रेष्ठ – पत्रकारिता सम्मान, शिवराम भण्डारी – संचारकर्मी सम्मान, चन्द्रमणी गौतम – संचारकर्मी सम्मान, दिनेश भण्डारी – मोफसल पत्रकार सम्मान, नवराज हुँमागाँई – पत्रकार सम्मान, हनुमान यस्माली ‘सुदिप’ – कला सम्मान, हरि शरण फुयाल – ब्यबसायी सम्मान, जयराज भट्ट – कला सम्मान, सूर्य तामाङ्ख – कला सम्मान, तारकेश्वर लोक खैँजडि भजन समुह – कदर–पत्र, राजन चौलागाँई ‘खैराँते’ – कला सम्मान, रमेश श्रेष्ठ – कला सम्मान, सुष्मा तयामि – फेसन डिजाईनर रहेका छन् भने अवार्ड बिजेताहरुः– अमृत चापागाँई – भिडियो सम्पादक, अमृत पुडासैनी – काठे नवमोडल पुरुष, बिजय पुन – लोकदोहोरी मोडल, बिक्रम गौतम – मेकअप आर्टिस, बिनोद सुन्दास – भिडियो निर्देशक, गणेश सेञ्चुरी – लोकदोहोरी गायक, गंगा राम राई – भिडिया छायाँकार, कल्पना पराजुली – लोकदोहोरी गायिका ‘जुरी’, भ्याली कोल्ड स्टोर – सम्मान पत्र, करिष्मा ढकाल – मोडल महिला, कृष्ण दोङ्ग तामाङ्ग – भाषभाषी ‘सेलो पपगायक’, एलिना चौहान – आधुनिक गायिका, कृष्ण रसाल – नृत्य निर्देशक रहेका छन् । त्यसैगरी निर्णायकहरुमा अर्जुन पाण्डे, गीता भट्टराई, राजु शर्मा, राकेश सोनी, उत्साह घिमिरे रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु