ज्योतिका शब्दहरुमा छल्किएको माया प्रेम

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७७, आईतवार

काठमाडौं । गीतकार ज्योती गुरुङ प्रवासबाट गीति लेखनमा यतिखेर उदाएकी छन् । àयो कस्तो माया’सँगै आफूलाई गीतिलेखनमा उतारेकी गीतकार गुरुङले मायाप्रेमको बन्धनमा सजिएकाहरुलाई शब्दबाट भावना व्यक्त गरेकी छन् । आफू प्रवासमै भए पनि मातृभूमि देश नेपाल र मौलिक गीत संगीतको मोहले तानेपछि यस ‘यो कस्तो माया’ नाम गरेको हरेक मायाप्रेममा गाँसीने जोडीका यथार्थ विषयलाई चित्रण गरेर गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताइन् । उनका कलमी हातले कोरेका प्रेम प्रसंगका शब्दको गीतमा चर्चित गायिका मेलिना राईले समधुर आवाजमा स्वर दिएकी छन् । त्यस्तै, उक्त गीतमा गायक एवं संगीतकार अर्जुन सुनामले संगीत भरेका छन् भने बिबी अनुरागीको संगीत संयोजन रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको मर्म र शब्दको भाव अनुसार नै कडा मिहेनतले गीतमा संगीत भरेको संगीतकार अर्जुन सुनामले जानकारी दिए ।

जेजी क्रियशनको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । युकेकै विभिन्न रमणिय स्थानमा उक्त भिडियो छायांकन गरिएको गीतकार गुरुङले जानकारी दिइन् । कुशल श्रेष्ठले उक्त भिडियो निर्माण गरेका छन् । उनले निर्देशन, छायांकन र सम्पादन समेत एक्लै गरेका हुन् । त्यस्तै, अभिनेता ध्रुव दत्त, निरु कोइराला, आस्था जोशी र बाल कलाकार स्वस्था जोशी बटाजुको त्यस भिडियोमा अभिनय रहेको छ ।
यस गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म नेपालबाट गीतकार तथा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले महत्वपूर्ण भूमिका निभाएर सहयोग गरेको गीतकी रचानाकार ज्योती गुरुङले बताइन् । उनले सुरुमै नेपालबाट आफूलाई युके जानमा पनि अध्यक्ष बिजीको महत्वपूर्ण साथ एवं भूमिका रहेकोसमेत जानकारी दिइन् ।
आगामी दिनमा पनि यस सांगीतिक क्षेत्रदेखि विविध विषयमा रमेश बिजीकै साथ र सहयोगले अघि बढ्ने आशा लिएको बताइन् । ‘उहाँको धेरै महत्वपूर्ण भूमिकाबाट म यो स्थानमा आएको छु, बाँकी दिनमा पनि उहाँकै साथले सांगीतिक क्षेत्रमा अघि बढ्ने आशा लिएको छु’, गुरुङले भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु